संघका उपाध्यक्ष, सोनाम लामा र राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत बीच छलफल ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ति परियोजनाका संयोजक, सोनाम लामा, र राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत, सुशील ज्ञवाली, बीच परियोजना सम्बन्धि छलफल भयो । उपाध्यक्ष लामाले १२ चैत, २०७७ मा परियोजनाको स्थलगत भ्रमण गरी त्यहाँको बस्तु स्थिति बारे अवगत गराउँदै संघको जिम्मेवारीमा परेका कामहरु चैत्र महिना भित्रै सम्पन्न गर्ने गरी निर्माण कार्यहरु संचालन भइरहेको र आगामी बैशाख १२, २०७८ मा आधिकारीक रुपमा बस्ति हतान्तरण गर्न सकिने जानकारी गराउनु भयो । उहाँले भ्रमणको अवसरमा धार्चे गाउँपालिकाका र बडा कार्यालयका प्रमुखहरु संग समन्वय गरी बस्ति निर्माणमा आर्थिक सहयोग गर्ने महानुभावहरुको नाम लेखिएको शिलापत्र स्थापना गर्ने स्थानको समेत चयन गरिएको जानकारी गराउनुका साथै बस्ति हस्तान्तरणको लागि प्राधिकरणको जिम्मा रहेको कामहरु सम्पन्न गरी जग्गा धनी पूर्जाको व्यवस्था गरिदिन अनुरोध गर्नु भयो ।
सो अवसरमा प्राधिकरणका प्रमुख ज्ञवालीले प्राधिकरणको जिम्मामा रहेका कामहरु समयमै सम्पन्न गर्न प्राधिकरणले आवश्यक कार्यहरु गरिरहेको र पूर्वाधारण निर्माणको लागि पनि अर्थ मन्त्रालयसंग आवश्यक बजेटको लागि पहल गरिरहेको अवगत गराउनु भयो । उहाँले बस्ति हस्तान्तरण गरी आफ्नो स्वमित्वमा लिन गाउँपालिका र बडा कार्यालय तयार रहनु पर्ने सुझाव दिंदै बस्ती हस्तान्तरण कार्यक्रम बैशाख १२ को सट्टा केहि दिन अघि वा पछि राख्न अनुरोध गर्नु भयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अधिकारीक हस्तान्तरणको लागि सम्माननीय राष्ट्रपति विध्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रणा गर्ने प्रयास गर्ने जानकारी दिंदै केहि दिन भित्रै हस्तान्तरणको मिति तोक्ने बताउनु भयो र संघले शिलापत्रमा लेख्ने बिषय बस्तुको बारेमा प्राधिकारण संग छलफल गर्न समेत अनुरोध गर्नु भयो ।
सो भेटको अवसरमा संघका कार्यकारी निर्देशक, राजेश शम्शेर राणाको समेत सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाल संघ, सचिवालय,
काठमण्डौं ।
मिति: २९ मार्च २०१७ ।